रामबजार फिडर पड्किदा २४ घण्टादेखि विद्युत अवरुद्ध

पाेखरा | असोज २३, २०८०

रामबजार फिडर पड्किदा २४ घण्टादेखि विद्युत अवरुद्ध रामबजार फिडर मर्मत गर्दै विद्युतका कर्मचारी

पोखरा:   नेपाल खानेपानी संस्थान पोखराले अमरसिंह चोकदेखि औद्योगिक क्षेत्रतर्फ पुरानो पाइप निकाल्ने क्रममा  विद्युतको फिडरमा असर पु¥याउँदा पोखराको करिव दुईहजार घरधुरीमा विद्युत अवरुद्ध भएको छ ।


पोखरा महानगरपालिका १० अमरसिंह चोक गेट नजिक नेपाल खानेपानी संस्थानले पुरानो खानेपानीको पाइप निकाल्ने क्रममा हिजो (सोमबार) रामबजार फिडरको भुमिगत केवल (फिडर)मा क्षति पु¥याउँदा २४ घण्टादेखि सो फिडरबाट सञ्चालन हुने विद्युत अवरुद्ध भएको हो ।


नेपाल विद्युत प्राधिकरण पोखरा मालेपाटन वितरण केन्द्रका प्रमुख राजिव सिंङले खानेपानी संस्थानले पुरानो पाइप निकाल्ने क्रममा असावधानीपूर्वक सडक खन्दा फिडरमा क्षति हुँदा विद्युत अवरुद्ध भएको बताए ।


‘पोखराको विभिन्न स्थानमा पाइप बिछ्याउने काम भइरहेको छ, तर खानेपानी संस्थानले फिडर नजिक आएर विद्युतसँग समन्वय नगरी काम गर्दा फिडरमा क्षति हुन गयो’, सिङले भने, ‘विद्युत सञ्चालनका लागि काम भइरहेको छ केही समयमा विजुली आउँछ ।’


सोही स्थानमा खानेपानीमा काम गरिरहेका एक कर्मचारीले सावधानी अपनाउदा पनि फिडरमा जेसिबीले छुँदा असर परेको स्वीकार गरे ।


‘यो फिडर वरिपरि पहिले पनि काम गरेको हो, नयाँ पाइप बिछ्याउने क्रममा मार्किङ गरेर नै काम गरेको हो, त्यति बेला कुनै असर भएन’, उनले भने, ‘पूरानो पाइप निकाल्ने क्रममा पनि सावधानी अपनाएको हो, तर मार्किङ गरे भन्दा यता मात्र फिडर रहेछ जेसिबीले छोइहाल्यो ।’


रामबजार फिडर पड्किएपछि गलेश्वर फिडरबाट विद्युत सञ्चालन गर्ने पोखरा वितरण केन्द्रको प्रयास भएपनि सफल नभएको एक स्थानीयले बताए ।


‘रामबजार फिडर पड्किएपछि गलेश्वर फिडरबाट विद्युत सञ्चालन गर्ने तयारी वितरण केन्द्र गरेको थियो’, उनले भने, ‘गलेश्वर फिडरबाट रामबजार फिडरबाट बिजुली सञ्चालन गर्ने प्रयास सफल भएन, तारमा आगो लागेपछि त्यो प्रयास असफल भएको हो ।’


नेपाल विद्युत प्राधिकरण पोखरा वितरण शाखाले अहिले रामबजार फिडर र गलेश्वर फिडर मर्मत कार्य भइरहेकाले केही समयमा बिजुली आउने बताएको छ ।


रामबजार फिडर अवरुद्ध हुँदा रामबजार, अमरसिंङचोक, बुद्धचोक, औद्योगिक क्षेत्र लगायतका क्षेत्रमा हिजोदेखि विद्युत अवरुद्ध हुँदा व्यवसायीहरुले लाखौंको नोक्सान भएको गुनासो गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्